Comments Add Comment

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

https://www.facebook.com/mohpnep/posts/865720930583094

यसअघि संक्रमित ६ जना विदेशबाट आएका मात्रै थिए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि मार्च १९ मा दुबईबाट भारतको नयाँ दिल्ली हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकका भाउजु नाताकी महिलामा कोरोना संक्रमण देखिएको हो।

नेपालमै रहेकालाई संक्रमण भएकाले यसलाई ‘कम्युनिटी ट्रान्स्फर’का रूपमा स्वास्थ्य मन्त्रालयले व्याख्या गरेको छ। मन्त्रालयका अनुसार सातौँ संक्रमित महिला धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्। उनमा दुबईबाट आएका तिनै युवकबाट संक्रमण सरेको पुष्टि मन्त्रालयले गरेको हो। पहिलो पटक नेपालमै बसेका अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

स्थानीयस्तरमै कोरोना संक्रमण देखिएपछि सरकारले थप सजगता अपनाउने भएको छ। इटालीमा स्थानीयस्तरमै फैलिएको संक्रमणलाई हेलचेक्राइँ गर्दा महामारीको रुप लिएको थियो।  सरकारले विदेशबाट आएकाहरुलाई खोजेर क्‍वारेन्टाइनमा राखेको छ। कैलाली र कञ्‍चनपुरमा क्‍वारेन्टाइनमै राखेका दुई युवकमा पनि कोरोना पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर