सुरक्षित विद्यालय अभियान शुरु

अनलाइन पत्र संवाददाता२०७६-०९-२८ No Comments

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग वरपरका विद्यार्थीलाई सवारी दुर्घटना जोखिमबाट बच्ने विषयमा सचेतना पनि गरिने बताए । राजमार्ग नजिक रहेका विद्यालयबाट शुरु गरिएको यो अभियान क्रमशः विस्तार हुने सो संस्थाले जनाएको छ ।

विसं. २०७२ को गोरखा भूकम्पपछि सरकारले सुरक्षित विद्यालयसम्बन्धी नीतिमा प्राथमिकता दिएको सन्दर्भमा एन प्याब्सनले पनि आफ्नो तर्फबाट अभियान सञ्चालन गरेको हो । संस्थाको २२औँ स्थापनाका अवसरमा आईतबार आयोजित कार्यक्रममा उनले शिक्षक कर्मचारीको औषधोपचार बीमा, विद्यार्थी बीमा र विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रमको निरन्तरता दिइएको जानकारी दिए । संस्थाले सदस्य विद्यालयको विवरण अद्यावधिक गर्न ‘इमार्क’ को सहयोगमा आइतबारदेखि नेसनल प्याब्सन एपको शुभारम्भ गरिएको छ ।

Ad
Ad