Comments Add Comment

डोटीमा भत्काइयो १८ छाउगोठ

एक हप्तायतादेखि डोटीमा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी छ । प्रहरीले छाउ गोठ भएरनभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको बडीकेदार गाउँपालिकामा मात्रै प्रहरी १८ वटा छाउपडी गोठ भत्काएको छ ।

त्यस्तै गाउँपालिकाको वडा नं ३ सिदुरेपानीमा रहेका १० वटा छाउपडी गोठ स्थानीय आफैँले भत्काएको प्रहरीले जनाएको छ । गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले बताए ।

प्रहरीले सञ्चालन गरेको यो अभियनामा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ । जिल्लामा भएका छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्नका लागि स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर