‘दोहोरी ब्याटल, बोल माया र गल्बन्दी’ जस्ता गीतबाट चर्चामा आएका लोक गायक प्रकाश सपुत हिरोको रुपमा डेब्यू गर्दैछन् । मोडलिङ्गमा समेत जम्दै आएका सपुतले ‘परदेशी २’बाट फिल्ममा डेब्यु गर्न लागेका हुन् ।
नारायण रायमाझीले निर्देशन गर्न लागेको फिल्मको लागि सपुुतसँग कागजी सम्झौता भइसकेको छ । रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथाव्यथामा निर्माण हुने फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ । यो फिल्ममा गायक प्रकाश सपुत अनुबन्धित भएपनि नायिकाको खोजी भईरहेको छ ।
परदेशीको पार्टमा गायक प्रशान्त तामाङले मुख्य भुमिका निभाएका थिए । दोस्रो पार्टमा गायक तामाङलाई गायक सपुतले रिप्लेस गरेका छन् । परदेशी फिल्म बक्स अफिसमा हिट भएको थियो । यो फिल्ममा प्रशान्तसँगै रजनी केसी, नरेन खड्का लगायत कलाकारको अभिनय रहेको थियो ।