Comments Add Comment

आज सबै भन्दा छोटो दिन र लामो रात

आज वर्षभरिकै सबैभन्दा छोटो दिन हो । बिहान ६ः५१ मा सूर्योदय भएर साँझ ५: १४ मा सूर्यास्त हुँदैछ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ। 

Ad
Advertisement

हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन्। तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ। 

ग्रेगोरी वा अंग्रेजी पात्रो अनुसार हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षभरिकै छोटो दिन मानिन्छ ।तर नेपाली पात्रोमा भने यो दिन एउटै गतेमा नपरी ज्योतिषीय गणनाअनुसार तलमाथि पर्ने गर्दछ ।यस दिनपछि पृथ्वीको उत्तरी गोलाद्र्धमा दिनमान बढ्न थाल्छ र रात छोटा हुन थाल्छन् ।

दक्षिणी गोलाद्र्धमा भने यसको विपरीत दिन छोटो र रात लामो हुन थाल्छ । यो परिवर्तनलाई उत्तरी गोलाद्र्धमा हिउँदको चरमबिन्दु मान्ने गरिएको छ । लोकमा दिन लामा हुनथालेपछि न्यानो बढ्ने र वर्षायामको आरम्भ हुनथालेको मानिन्छ ।

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad