Comments Add Comment

आज २०७६ मंसिर १९ गते बिहीबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ मंसिर १९। बिहीबार। इ.स. २०१९ डिसेम्बर ५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। नवमी, २७:२९ उप्रान्त दशमी। नक्षत्र– पूर्वभाद्रपदा, २०:२० बजेउप्रान्त उत्तरभाद्रपदा। योग– वज्र, १६:४५ बजेउप्रान्त सिद्धि। करण– वालव, १४:२३ बजेदेखि कौलव, २७:२९ बजेउप्रान्त तैतिल। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– कुम्भ, १३:४० बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ४ पला। पञ्चक। पाँगास्थित वैष्णवी देवी यात्रा। धनगढीमा दुर्गा जाँत। डोटीमा पोखरी जाँत।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर