Menu

आज २०७६ मंसिर २९ गते आइतबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ मंसिर २९। आइतबार। इ.स. २०१९ डिसेम्बर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। तृतीया, ८:३१ उप्रान्त चतुर्थी। नक्षत्र– पुनर्वशु, ६:५० बजेदेखि तिष्य, २९:५२ बजेउप्रान्त अश्लेषा। योग– ब्रह्म, ९:४१ बजेउप्रान्त ऐन्द्र। करण– भद्रा, ८:३१ बजेदेखि वव, १९:४५ बजेउप्रान्त वालव। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी २ पला। कृष्ण प्रणामी महाराज छत्रशालको धामगमन भएको दिवस।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । विद्याको क्षेत्र सबल रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

वैचारिक मनमुटाव बढ्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । गरेको कार्यमा बाधा आउनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad