वल्र्डलिंकले तेह्रौं सागका खेलहरु हुने स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने

अनलाइन पत्र संवाददाता२०७६-०८-१७ No Comments
Image Source : telecomkhabar.com

काठमाडौं १७ मंसिर – वल्र्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अवधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ । 

प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निःशुल्क प्रयोग गर्न पाउने छन् । यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग वल्र्डलिंकले सहकार्य गरेको छ । 

काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् ।  


यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् । मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वल्र्डलिंकको निःशुल्क वाइफाइ उपलब्ध हुनेछ । 

Ad
Ad