2025-11-07 3:43 am

बेहुली बन्दै नायिका ऋचा शर्मा

नायिका ऋचा शर्मा वेहुली बन्ने पक्का भएको छ। केही समय अघिबाट ऋचाको बिबाह चर्चा अब सत्यतामा परिवर्तन हुने भएको छ। उनले हालै सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै विवाहका लागि जुरेको साइत नै सार्वजनिक गरेकी छन्।

लामो समयदेखि घरबाट विहेका लागि दबाब आएको बताउँदै आएकी ऋचा यही मंसिर २१मा बिबाह बन्धनमा बाँधिन लागेकी हुन्।

ऋचाले सामाजिक सञ्जालमा ‘सेलिब्रेटिङ लव’ लेखेका कार्ड सार्वजनिक गर्दै प्रेम दर्शाउने सबैप्रति धन्यवाद दिएकी छिन्। ऋचाले सार्वजनिक गरेको कार्डका अनुसार उनी दिपेक्क्षसँग बिबाह गर्दैछिन्।

ऋचाले हुन लागेको श्रीमानका बारेमा खुलाएर नलेखेपनि दिपेक्ष विक्रम राणा ललितपुरको लविम् मलका म्यानेजर हुन्।

करिब २ वर्षयता प्रेम सम्बन्धमा रहेका ऋचा र दिपेक्क्षले यस अघि भने आफू प्रेम सम्बन्धमा रहेको ढाकछोप गर्दै आएका थिए।

About the Author

Ad
Ad