सुरेश घोण्डे गुरुङको नयाँ गीत ‘मायाको फूलबारी’ सार्वजनिक (भिडियो)

काठमाडौं – गीतकार तथा संगीतकार सुरेश घोण्डे गुरुङको नयाँ गीत सार्वजनिक भएको छ। गुरुङको शब्द तथा संगीतमा ‘मायाको फूलबारी’ बोलको गीत सार्वजनिक भएको हो।

सार्वजनिक गीतमा गायिका मेलिना राई र सुमन केसीले स्वर भरेका छन्। गीतलाई रोमान्टिक शैलीमा तयार गरिएको छ।

शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र सुशीला थापा फिचर भएका छन्। भिडियोमा पुष्प र सुशिलालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

राजीव समरको कोरीयोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । कमल प्रसाईंले ड्रेन चलाएको भिडियोको सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad