Comments Add Comment

अभिभावकलाई फिल्म बुझाउँदै अस्कर कलेज

विद्यार्थीले अस्कर कलेज अफ फिल्म स्टडिजमा अभिभावकले फिल्म पढ्ने मौका पाउने भएका छन्। अस्कर कलेज अफ फिल्म स्टडिजले आउँदो शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा त्यो कलेजमा पढ्ने विद्यार्थीका अभिभावकलाई पनि फिल्म निर्माणका मुख्य विधामा जानकारी गराउन लागिएको हो।

कलेजले गत सालबाट ओपन हाउस इभेन्टको थालनी गरेको थियो। यस इभेन्ट अन्र्तगत एक दिनका लागि फिल्मका विभिन्न विधाको बारेमा जानकारी गराइन्छ। कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई एक मुष्ट जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ। यो अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिन पाउँछन्।
त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको सुरुवात देखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा जानकारी गराउनेछ। ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन्।
कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर