‘कबड्डी ३’ को टाइटल गीतमा र्‍याप हान्दै काली प्रसाद बास्कोटा (भिडियो)

अनलाइन पत्र संवाददाता२०७६-०४-२८ No Comments

आगामी असोज ३ गते प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को टाइटल गीत सार्वजनिक भएको छ । काली प्रसाद बास्कोटा, अनुपम शर्माको स्वर रहेको गीत सोमबार इन्टरनेटमा रिलिज गरिएको हो । र्‍याप शैलीमा तयार पारिएको गीतमा गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा र अनुपम शर्मा फिचर्ड छन् भने कन्सेप्ट काली स्वयंको हो । बलराम बुढाथोकीले खिचेको गीतको भिडियोमा मनिष ढकाल र जोशुआ भोलानको पनि प्रस्तुति रहेको छ । गीतले चलचित्रको प्रमोसनमा निकै साथ दिने देखिन्छ ।

यस गीत चलचित्रमा पनि समावेश गरिएको छ वा प्रोमोसनल गीत मात्र हो भन्ने बारे निर्माण पक्षले केही खोलेको छैन । ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विजय बराल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । चलचित्रको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डी । कार्कीले चलचित्र खिचेका हुन् भने बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।  

भिडियो

Chat Icon
Ad
Ad