काठमाडौँ । करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याएका छन् । प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा गायक विश्वकर्माको स्वर, शब्द र सङ्गीत तथा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ । प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई आधार बनाएर प्रस्तुत गरिएको उक्त भिडियोमा गायक विश्वकर्मा र बिना राउतको अभिनय छ ।

नवराज उप्रेतीले छायाङ्कन गर्नुभएको भिडियोमा दिपेन बस्नेतको सम्पादन र सुबोल थापाको निर्देशन रहेको छ । गायक विश्वकर्माको च्यानल ‘दिल विश्वकर्मा अफिसिएल’ मार्फत् उक्त भिडियो सार्वजनिक भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू