काठमाडौं –  गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन हिजोदेखि सुरु भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो हिजो राति ८ः३० बजेदेखि सुरु भएको हो । नेपाल आइडल’ ४ मा आसिफ शाह र रेश्मा घिमिरे होस्ट छन् ।

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। अवको करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ। आइडल सिजन ४ को मुख्य प्रायोजक कोका–कोला रहेको छ ।