Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

वसन्त सापकोटाको ‘भेटौँ न फन पार्कको गेटैमा’ बोलको गीत सार्वजनिक (भिडियो)

Company Register

सङ्गीतकार वसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । ‘भेटौँ न फन पार्कको गेटैमा’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा सङ्गीतकार वसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द सङ्गीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज कृष्ण बिकेले गरेका हुन् । रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधीर श्रेष्ठ फिचर्ड छन् । निशान घिमिरेले निर्देशन गरेको भिडीयो सम्पादन पनि निर्देशक घिमिरेले नै गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोमा अनिता ग्वाछाको मेकअप देख्न सकिन्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...