2025-11-09 12:37 pm

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद पुनर्गठन, यी हुन् नयाँ मन्त्री (नामावलीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाएका छन्। लामो समयदेखि मन्त्रिपरिषद पुनर्गठनको चर्चा भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले बुधबार साँझै मन्त्रिपरिषदबाट बाहिरिने र नयाँ नियुक्त हुनेको नाम टुंगो लगाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नामावली शपथ ग्रहण गराउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । नयाँ मन्त्रीहरूको सपथ आज बिहीबार हुने थापाले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ हिजै गर्ने योजना भए पनि प्रधानमन्त्री ओलीको व्यस्तताले मन्त्रिपरिषदका नयाँ सदस्यले शपथ ग्रहण गर्न नसकेको थापाले जानकारी दिए । हिजै पुर्नगठनको नामावाली टुँगो लागेर सम्माननीय राष्ट्रपतीकोमा पुगीसकेको छ , उतैबाट सपथको प्रकृया अगाडि बढ्छ थापाले भने। बुधबार सत्तारुढ नेकपा सचिवालय बैठकसँगै दिनभरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुर्नगठन गर्ने आँकलन गरिएको थियो ।

यी हुन् नयाँ मन्त्रीहरूः
पूर्वएमालेको तर्फबाट वसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा जाँदैछन्। त्यस्तै, घनश्याम भुसाललाई कृषिमन्त्री बनाइन लागेको छ। सूर्य चुनाव चिह्न लिएर चुनावमा गएका हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाउँदैछन्। उनले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डसँग मन्त्रिपरिषदमा जानेबारे छलफल गरेका थिए। पछिल्लो समय नेकपाप्रति असन्तुष्ट उनलाई दुवै अध्यक्षले मन्त्रिपरिषदमा स्थान दिएका हुन्। त्यस्तै, मोती दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्दैछन् भने पार्वत गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा जाँदैछन्। पूर्वमाओवादीबाट लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति र रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दैछन्।

About the Author

Ad
Ad