2025-12-05 8:47 pm

गम्भीर बिरामी भएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना

स्वर किन्न्ररीको नामले परिचित भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो दुइ बजे उनलाई मुम्बईको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको हो ।

मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिका अनुसार लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा दिउँसो देखि साँझसम्म भर्ना गरिएको हो । हाल उनको स्वास्थ्यको अवस्था स्थिर छ र सुधार भइरहेको छ ।

लतालाई साेमबार दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो ।दिनभरको उपचारपछि घरमै राखेर उपचार गर्न सकिने सल्लाह चिकित्सकले दिएका कारण लतालाई सोमबार साँझ उनको निवास फर्काइएको छ ।

नेपाली गीतहरुमा समेत आफ्नो आवाज दिइसकेकी लता भारतीय सिनेमा जगतकी कोइली मानिन्छिन् । सनु १९२९मा भारतको इन्दोरमा जन्मिएकी उनीे भारत रत्न, पद्म बिभुषण, दादा साहेब फाल्केजस्ता सम्मानबाट समेत सम्मानित भइसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad