Comments Add Comment

५-१ को जितसहित बार्सिलोना शीर्ष स्थानमा, मेस्सीले गरे २ गोल

लियोनल मेस्सीले दुई गोल गर्दा स्पेनिस क्लब बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ को विशाल गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्साका लागि दोस्रो मिनेटमा नै लेन्जेटले गोल गरेको थिए । त्यस्तै २९ औं मिनेटमा भिडलले गोल गर्दा मेस्सीले दुई गोल गरे । उनले ३४ र ७५ औं मिनेटमा एक एक गोल गरेका थिए ।

त्यस्तै ७७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए । भालाडोलिडले खेलको १५ मिनेटमा गोल गरेपनि त्यसपछि गोल गर्न सकेन ।

जीतसँगै बार्सिलनो २२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ग्रानडाको २० अंक रहेको छ भने एक खेल बढी खेलकोे एथलेटिकको मड्रिडको २० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर