नेपालका चर्चित पप गायक नविन के भट्टराईको स्वरमा सजिएको एक्लो यात्रा बोलको गीत तथा म्यूजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । हेटौँडाको दृष्यहरु सजिएको भिडियो नविन के भट्टराईकै युटुब च्यालबाट सार्वजनिक भएको हो । भिडियोलाई छायंकन आदिल अन्सारी संगै न्यु क्रीयसन स्टुडियो हेटौंडाले गरेको हो ।

पार्वती सुबेदीको शब्द रहेको म्यूजिक भिडियोको निर्देशक आर्यान बिक्रम नेपालले गरेका छन । सार्बजनिक भिडियोको गितमा संगीत सिखर सन्तोसको रहेको छ । भिडियोमा सद्दाम हुसेन र बर्षा सुनुवारको अभिनय रहेको छ ।

भिडियो हेर्नुस्