
अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा डीभी को आवेदन फर्म खुल्नासाथै उपत्यकाबाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाण्डौँ ओइरिएका छन् ।
राहदानी विभागले सधैंको भन्दा झन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ । गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाण्डौँ आएर तत्कालै राहदानी एम आरपी झिक्नेको संख्या ह्वात्तै बढेको हो ।
अरु बेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहेने गरेकोमा पछिल्ला दिनमा झन्डै चार हजार जनाले आवेदन भरिरहेका छन् । यसमा पनि एक तिहाई जति १५ हजार रुपैयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी लिन चाहने छन् । यो समाचार आजको कान्तिपुरमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




