Menu

आज वि.सं. २०७६ कार्तिक १ गते शुक्रबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ कात्तिक १। शुक्रबार। इ.स. २०१९ अक्टोबर १८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। पञ्चमी, २९:०५ उप्रान्त षष्ठी। नक्षत्र– रोहिणी, १५:५७ बजेउप्रान्त मृगशिरा। योग– वरियान्, २७:०८ बजेउप्रान्त परिघ। करण– कौलव, १७:२० बजेदेखि तैतिल, २९:०५ बजेउप्रान्त गर। आनन्दादिमा मित्र योग। चन्द्रराशि– वृष, २८:०२ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:०६ बजे, सूर्यास्त– १७:३१ बजे र दिनमान २८ घडी २ पला। कार्तिक संक्रान्ति। तुलामा सूर्य १५:०४ बजे प्रवेश।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्रा रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । पारिवारिक समस्यापनि आइपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । परिवार संग रमाइलो भेटघाट हुनेछ । मठ मन्दिर तथा धार्मिक भ्रमण हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । विद्याको क्षेत्र लाभदायी रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । लगनशील भएमा कामहरू अगाडी बढ्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विचार गरेर निर्णय लिनु उचित होला । सौन्दर्यतामा अधिक धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला । प्रेममा मनमुटाव रहन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज आत्मिक सन्तुष्टि मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Hamropatro.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad