2025-11-09 12:09 pm

मोटरसाइकल सिक्दा ध्यान दिनुपर्ने कुरा

सार्वजनिक बिदाको दिन। तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ। त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति राख्नुभयो भने सजिलै मोटरसाइकल सिक्न सक्नुहुनेछ ।

यसरी सजिलै सिक्नुहोस मोटरसाइकल

तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ। तसर्थ, म सिक्न सक्छु भन्ने मानसिकता बनाउनुहोस्।

तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला । सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ ।

हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस्। बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस् ।

शुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस् ।

– शुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन् ।

About the Author

Ad
Ad