वि.सं. २०७६ असोज २७। सोमबार। इ.स. २०१९ अक्टोबर १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। प्रतिपदा, २७:३२ उप्रान्त द्वितीया। नक्षत्र– रेवती, १०:५० बजेउप्रान्त अश्विनी। योग– व्याघात, ६:१६ बजेउप्रान्त हर्षण। करण– वालव, १४:४७ बजेदेखि कौलव, २७:३२ बजेउप्रान्त तैतिल। आनन्दादिमा मातंग योग। चन्द्रराशि– मीन, १०:५१ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २८ घडी ८ पला। पञ्चक १०:५० बजे समाप्ति।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयपनि छ अतः सचेतरहनु राम्रो होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानिबाट लाभ मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक यात्रा हुनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रुपनि पराजित हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट होला । साँझपख शुभ समाचार आउन सक्छ । भूमिबाट लाभपनि रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्यापनि आउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल