आजको पञ्चाङ्ग

वि.सं. २०७६ कात्तिक ४। सोमबार। इ.स. २०१९ अक्टोबर २१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। अष्टमी, २५:२० उप्रान्त नवमी। नक्षत्र– पुनर्वशु, १४:५१ बजेउप्रान्त तिष्य। योग– सिद्ध, २०:४८ बजेउप्रान्त साध्य। करण– वालव, १४:१२ बजेदेखि कौलव, २५:२० बजेउप्रान्त तैतिल। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मिथुन, ९:०५ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ६:०८ बजे, सूर्यास्त– १७:२८ बजे र दिनमान २८ घडी १ पला। अष्टमी व्रत। श्रीराधा अष्टमी। गोरखकाली पूजा। सर्वार्थसिद्धि योग १४:५१ बजेपछि।

राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज नयाँ कर्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । राजनैतिक चिन्तन बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । आत्मविश्वासपनि जाग्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल