Comments Add Comment

प्रथम शिखर गोल्डकप फुटबल प्रतियोगिता सुरु जीवन र राइजिङ स्टारलाई सफलता

हेटौंडा उपमहानगरपालिका वडा नं. १ को नकौलीस्थित शिखर युथ क्लबको आयोजनामा बुधबारदेखि प्रथम शिखर गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

Ad
Advertisement

स्थानीय डुमारे खेल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन भएको दुई खेलमा जीवन युवा क्लब हेटौंडा १९ र राइजिङ स्टार क्लब हेटौंडा–११ ले बिजयी सुरुवात गरेका छन् । जीवन युवा क्लबले हेटौंडा–३ को चक्रदेवी युवा क्लब ‘ए’ लाई २–१ तथा राईजिङ स्टारले भीमफेदी–१ को मुनामदन क्लबलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । जीवनको लागि सुजन थिङ र सविन थिङले गोल गरेका थिए । यसैगरी राइजिङको लागि सञ्जीव मुक्तानले ४, समीर बज्यूले १ र सविन डिम्डुङले १ गोल गर्दा मुनामदनका लागि सन्तोष थापा र राजकुमार स्याङ्तानले गोल गरेको क्लबका सचिव दिनेश बोम्जनले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष सविन न्यौपानेले खेलकुदले टोलटोलका युवाबीच भाइचारा विकास हुनुका साथै लागू औषधको कुलतमा फस्ने युवाहरुको संख्या घटाउन सहयोग पुग्ने बताए । वडादशैंको अवसर पारेर हेटौंडा–१ को शिखर युथ क्लबले सुरुवात गरेको गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिन सहयोग गर्न आफू तयार रहेको अध्यक्ष न्यौपानेले बताए ।

कार्यक्रममा १ नं. वडा सदस्य सोनामसिंह ब्लोन, सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष लवाङ सिन्तानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । हेटौंडा–१, ३, ११ र १९ तथा भीमफेदी गाउँपालिकाको गरी कुल आठ समूहले भाग लिएको प्रतियोगिता फूलपातीको दिनमा समापन हुनेछ ।

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad