नेपाल टेलिकमले सातवटै प्रदेशका मुख्य शहरमा चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गरेको छ। सात प्रदेशका ३२ जिल्लामा रहेका ५० बढी शहरमा फोरजी विस्तार भएको छ। टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो। टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो। त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ। 

प्रदेश नं १ : चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ ।   

प्रदेश २ : जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ ।

प्रदेश  ३ :  धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा।

गण्डकी प्रदेश :  पर्वतको कुश्मा र बाग्लुङ बजार.  गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ। 

प्रदेश ५ :  तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर,

कर्णाली प्रदेश : सुर्खेत

सुदूरपश्चिम प्रदेश :  भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरिया