नेपालीहरुको महान् चाड वडा दशैं सकिएपछि राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले कात्तिक पहिलो सातापछि आफ्नो विदेश भ्रमणका कार्यक्रम तय गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी जापान र प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान जाने गरी तयारी शुरु भएको छ । कात्तिक पहिलो साता राष्ट्रप्रमुख र सरकारप्रमुख दुवै विदेश भ्रमणमा जाने गरी तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, राष्ट्रपति भण्डारी जापानका नयाँ साम्राट नारुहितोको गद्दी आरोहण एवं राज्याभिषेकमा सहभागी हुन कात्तिक ३ मा त्यसतर्फ जाने कार्यक्रम तय भइसकेको छ ।त्यस्तै प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिनका लागि अजरबैजान जान लागेका हुन् ।