सरकारले बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै दशैंमा सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्य पूजा मात्र गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन्। उनले भने, ‘सबै मन्दिरहरुमा पूजारी मात्र उपस्थित भई नित्यपूजा गर्ने व्यस्थापन मिलाउन मन्दिर व्यवस्थापन समिति, धार्मिक गुठी, स्थानीय तह र प्रशासनलाई आग्रह गर्दछौं।’