यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

जुत्तामा लुकाई राखेको एक किलो सुनसहित तीन पक्राउ


दाङमा प्रहरीले एक किलो अवैध सुनसहित ३ जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान करिब साढे ११ बजेतिर विशेष सूचनाका आधारमा दाङको लमही नगरपालिका(९ अमिलियास्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश ३–०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कार जाँच गर्दा सुन फेला परेको हो। कारमा सवार सम्मान कुमार श्रेष्ठले दायाँ बायाँ जुत्तामा इमिरेट्स गोल्ड र इस्तानबुल गोल्ड रेफिनरी मेटेर र एसेयर लेखेको ५र५ सय ग्राम सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

Advertisement
साथै श्रेष्ठको साथबाट २ तोला ३।०६ आनाको सुनको सिक्री र नगद ६० हजार बरामद भएको उनले जानकारी दिए। त्यस्तै गाडी चालक घोराही १५ का सुवास श्रेष्ठ र सोही गाडीमा सवार अर्का अपूर्व थैव श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ। अपूर्व थैव श्रेष्ठको साथबाट एउटा चाँदीको सिक्री र नगद ११ सय २० र चालक श्रेष्ठको साथबाट नगद १२ हजार २५० बरामद भएको प्रवक्ता खड्काले जानकारी दिए।