‘वर पिपलु’ गीतको म्यूजिक भिडियो सार्वजनिक, बलराम पुडासैनी र बिना राईको स्वर र अभिनय

अनलाइन पत्र संवाददाता२०८२-०६-२० No Comments

हेटौंडा – गायक एवम् पत्रकार बलराम पुडासैनीको नयाँ गीत ‘वर पिपलु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। यो गीतको भिडियो आज मुर्चुङ्गा टिभी नामक अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन्। यो युगल गीतको शब्द किशनप्रसाद सुवेदीले लेखेका हुन् भने संगीत सञ्जोग गौतमले भरेका छन्। गीतको भिडियोमा स्वयं गायक बलराम पुडासैनी र गायिका बिना राईको अभिनय रहेको छ।

गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका छन्। गीतको रेकर्डिङ ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गरिएको थियो, जहाँ भिडियोको छायाँकन पनि सम्पन्न भएको हो।

गीतको विषयवस्तुमा प्रेमको मधुर सुरुआत्, प्रेम सम्बन्ध, विछोडपछिको पीडा र आत्मबोध लगायतका विभिन्न संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ। विशेषगरी, प्रेममा पर्ने युवायुवतीहरूको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतारचढाव र पछुतोको गहिरो अनुभूतिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको बताइएको छ।

‘वर पिपलु’ गीतमा प्रेमले ल्याउने मिठाससँगै, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई पनि झल्काइएको छ। यो गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रूपमा चित्रण गरिएको छ। विछोडपछिको पश्चाताप पनि कहिलेकाहीँ प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने सन्देश बोकेको यो गीत आजको युवा पुस्ताको कथाको रूपमा हेरिएको छ।

लेखकको बारेमा

अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

Ad
Ad