प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कात्तिक ७ गतेदेखि कात्तिक ३० गतेसम्म बीमालेख पुनःजागरण गर्दा २ वर्ष भित्र व्यतित बीमालेखमा ७५ प्रतिशत, २ देखि ३ वर्ष बीच व्यतित बीमालेखमा ५० प्रतिशत, र ३ वर्षभन्दा बढी व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइने कम्पनीले जनाएको छ।
यस योजनामा समावेश हुने बीमालेखहरू पुनर्जागरण भएपछि २ वर्ष भित्र समर्पण गर्दा प्राप्त गरेको बिलम्ब शुल्कको सम्पूर्ण रकम कट्टा गरिनेछ। एक पटक छुट प्राप्त गरेका बीमालेखमा आगामी अवधि भरी पुनः ब्याज छुट प्रदान गरिने छैन।