यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

१२ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य केहि दिनदेखि निरन्तर ओरालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रहेकोमा आज १२ सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा १२ सयले घटेको थियो ।

Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।