Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको मूल्य ताेलामा ३ सयले घट्यो

Company Register

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ घटेको छ । पछिल्लो दिनमा निरन्तर बढिरहेको छापावाल सुनको भाउ आज भने घटेको हो ।

Advertisement

हिजो सोमबार प्रतितोला ९१ हजार रुपैयाँ पुगेको सुनको भाउ आज तोलामा ३०० रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने आज तेस्रो दिन पनि स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।

 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...