Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

Company Register

काठमाडौं – अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहे पनि दिउँसो विभिन्न स्थानमा चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।

Advertisement

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भेगमा छिटफुट पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

पोखरेलका अनुसार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १२ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...