काठमाडौं :  सुनको भाउ आज एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ६८ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरोलो लागेको छ भने डलर थप मजबुत भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।

यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला २ हजार १५ रुपैयाँ कायम रहेको थियो ।

यता, ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै डलरको मूल्य उच्च भएको छ, भने सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । यता, विश्लेषकहरुले पनि ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू