मकवानपुरको नव निर्वाचित प्रतिनिधीसभा र प्रदेशसभाका सांसदहरुलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जिल्लामा संघ र प्रदेशसको निर्वाचनमा विजयी भएका उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बिजयी भएका संघीय सांसद र प्रदेशसभाका सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ मा बिजयी राप्रपाका नेता दिपक बहादुर सिंह, मकवानपुर क्षेत्र नम्बर–२ मा विजयी नेकपा एमालेका तर्फबाट निर्वाचित महेश कुमार बर्तौलालाई विजयी भएको आधिकारीक घोषणा गर्दै प्रमाणपत्र वितरण गरेको हो । यस्तै मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा १ को क मा विजयी भएका माओबादी केन्द्रका नेता प्रेम बहादुर पुलामी, क्षेत्र नम्बर १ को ख मा निर्वाचित एमालेका मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ को प्रदेशसभा १ को क मा निर्वाचित माओबादीका नेता कुमारी मोक्तान, क्षेत्र नम्बर–२ को ख मा निर्वाचित काग्रेश बागमती प्रदेशका सभापती इन्द्र बहादुर बानिायाँलाई प्रमाणपत्र वितरण गरिएको हो ।