मकवानपुरका दुई जना कोरोना भाईरसको कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा–११ की ७१ वर्षिया महिला र थाहा नगरकी एक जना रहेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रबिन भुषालले जानकारी दिए । उनिहरुको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको भुषालले जनाएको छ ।