बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेको १ सय १९ वटा स्थानीय तहलाई १ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले प्रदेश भित्र रहेको १ सय १९ वटा स्थानीय तहलाई १ अर्ब ७५ करोड रुपैयाँ बजेट समानीकरण अनुदान विनियोजन गरिएको बताए ।