2025-12-07 8:43 am

हेटौंडाको सत्यम जेभियर्समा एकदिने शिक्षण सिकाई तालिम सम्पन्न

हेटौंडा– ४ मा रहेको सत्यम जेभियेर्स अङ्ग्रेजी माध्यमिक विद्यालयमा एकदिने शिक्षण सिकाई तालिम सम्पन्न भएको छ । शनिबार स्कुलले शिक्षण सिकाइमा प्रविधिको प्रयोग गरी , दैनिक पाठयोजना कसरी रुचिकर, बिद्यार्थी केन्द्रीत आधूनिकरण बनाउन सकिन्छ भन्ने विषयमा एकदिने तालिम सम्पन्न भएको हो । एक दिने शिक्षण सिकाई तालिममा विवशजंग थापाले बिद्यालयको सम्पुर्ण तहका शिक्षकहरुलाई प्रशिक्षण दिएका हुन् ।

No description available.

कार्यक्रममा थापाले पेशागत विकास कसरी गर्ने र महत्वपूर्ण वेबसाईटहरुको बारेमा प्रयोग गरी देखाएका थिए । अनलाईन शिक्षण सिकाइ क्रियाकलाप विशेषगरी कक्षा १ देखि ७ सम्म कसरी उत्कृष्ट बनाउने भनी प्रशिक्षक थापाले प्रयोगात्मक तरिकाले सहजीकरण गरेका थिए । कार्यक्रममा २५ जना शिक्षकको उपस्थिति रहेको थियो। कार्यक्रममा बिद्यालयका सस्थापक बद्री लम्सालको सभाअध्यक्ष रहेको थियो । कार्यक्रममा लिएको ज्ञान सिपलाई विद्यार्थी माझ कक्षाकोठामा प्रयोगमा ल्याई प्रभावकारी ढङ्गबाट विद्याललयमा संञ्चालन गरिने समेत शिक्षकहरुले बताएका छन् । कार्यक्रम सुजन पोख्रेलको संयोजकत्वमा संन्चालन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad