हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ को मतगणना जारी छ । हालसम्म १७५० मत गणना भएको छ । जसमा मेयरमा नेकपा एमाले ७०४ मत सहित अग्रस्थामा छ । गठवन्धन र राप्रपाले ४६४ र ४०५ मत प्राप्त गरेका छन । उपमेयरमा गठवन्धन ८२२ तथा एमालेलाई ७८० मत प्राप्त भएको छ । वडाध्यक्षमा गठवन्धनको ८४५ मत आउँदा एमालेको ८१४ मत आएको छ ।