Comments Add Comment

मकवानपुरगढी–५ मा कांग्रेसद्वारा उम्मेदवारी दर्ता

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा नेपाली कांग्रेसद्वारा आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन हुने भनिएपनि अन्तिमसम्म पनि कुरा नमिल्दा एक्ला एक्लै उम्मेदवारी दर्ता गर्नु परेको छ ।

सोमबार साँझ मकवानपुरगढी वडा नंम्बर ३ स्थित मक्रान्चुलीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षसहित वडासदस्यहरुको उम्मेदवार दर्ता गराएका छन् । वडाध्यक्षमा दिपेश दाहाल , सदस्यहरुमा शुकुराम थिङ , अर्जुन बहादुर रुम्बा , महिला सदस्यमा चन्द्रमाया हुमागाँई र दलित सदस्यमा नन्द कुमारी वि.क.ले उम्मेदवार दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर