नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर बैशाख १० गते टुंगो लगाउने भएको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो । ती नाममाथि थप छलफल र अध्ययन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने एमालेले जनाएका छन् ।