काठमाडौं :  सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा प्रकाशित गरेको छ।  जस अनुसार अनुसार २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ।

पहिलो महिना वैशाखमा शनिबार बाहेक एक दिन मात्र सार्वजनिक बिदा रहेको छ। जेठमा २ गते सोमबार बिदा हुनेछ। असारमा कुनै पनि बिदा छैन। साउन २७ गते सार्वजनिक बिदा दिएको छ।

यसैगरी, भदौ एक दिन सार्वजनिक बिदा दिएको छ। असोज १० गते घटस्थापनाको दिन पनि सार्वजनिक बिदा हुनेछ। दसैं बिदा असोज १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म ६ दिन दिइएको छ।

तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन दिइएको छ।

यसबाहेक विभिन्‍न राष्ट्रिय दिवसहरु तथा जातजाति वा धर्म समूदायका चाडपर्वहरूमा गरी थप २० दिन सार्वजनिक बिदा दिइएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab