Comments Add Comment

एक वर्षमै तयार भयो पिप्लेक्याम्पा रंगशाला

हेटौंडा। पिप्ले युवा क्लबद्वारा निर्माण गरिएको पिप्लेक्याम्पा रंगशाला तयार भएको छ ।

शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र ५ नम्बर वडाअध्यक्ष राजेश बानियाँले हेटौंडा-५, क्याम्पाडाँडामा रहेको रंगशालाको संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

पिप्ले युवा क्लबका अध्यक्ष तथा बक्सिङ्का पूर्वराष्ट्रिय खेलाडी शुसिल घिमिरेको पहलमा स्थानीयहरुको सहयोगमा सुरु गरिएको रंगशाला बनाउने अभियानका लागि विभिन्न संघसंस्था तथा खेलप्रेमी व्यक्तिहरुले पनि सहयोग गरेका छन् ।

करिब पौने २ करोडमा रंगशाला निर्माण गरिएको रंगशालाको लागि हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडाबासीको तर्फबाट १ करोड ३९ लाख लगानी भएको र विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट पनि करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष घिमिरे बताउँछन् ।

फुटबलसहित एथ्लेटिक्सको ट्रयाक समेत निर्माण गरिएको रंगशालामा हाल करिब ५ हजार दर्शक अट्ने गरी फलामको र कंक्रिटको प्याराफिट रहेको तथा भविष्यमा यसलाई २० हजार क्षमताको रंगशालानको रुपमा विकसित गरिनुका साथै शिघ्र परिसरमै कभर्ड हल बनाउने समेत योजना रहेको अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर