प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो ।

विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ। अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने पनि जिकिर गरेको छ । ​दुई देशबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको भन्दै दूतावासले नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई अमेरिकाले निरन्तर समर्थन गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।