मकवानपुरगढी वडा नम्बर ५ मा रहेको आधारभुत प्रा.वि.का विद्यार्थीहरुलाई न्यानो ज्याकेट तथा शैक्षिक सामग्री वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका बिच राउन्ड टेबल नेपाल संस्थाले विद्यार्थीहरुलाई न्यानो ज्याकेट तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

May be an image of 6 people and people standing

जाडोयाम बढेसँगै विद्यार्थीहरुलाई पढ्न आउन सजिलो होस् भनेर न्यानो ज्याकेट वितरण गरेको राउन्ड टेबल नेपाल मकवानपुरका चियरमेन अनिल अग्रवालले बताए । विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका ७८ जना विद्यार्थीलाई न्यानो ज्याकेट तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

May be an image of 11 people, child, people standing and outdoors

यसअघि सोही संस्थाले विद्यालयमा पाँच हजार लिटर अट्ने खानेपानी ट्याङ्की निर्माण गरी सञ्चालनमा ल्याईसकेका छन् । खानेपानी धाराको अभावले बञ्जित रहेका विद्यार्थीहरु अहिले सहज रुपमा खानेपानी पिउन पाउँदा खुशी भएका छन् ।

May be an image of 9 people, people standing, outdoors and tree