मकवानपुरमा कोरोना विरुद्धको खोप लगाईसकेको एकजनाको कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१४ का ६३ वर्षीया महिला रहेकी छन् । ४ दिन अघि मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको महिलाको सोमबार हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । महिलामा मृगौला र सुगर सम्बन्धि रोग समेत रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर प्रशान्त बिडारीले जानकारी दिए ।