
तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम प्रदेश सभाले अध्यक्षमा अर्जुन पाख्रिन तामाङ चयन गरेको छ । बिहीबार तामाङ भवन काठमाडौँमा भएको सभाले पाख्रिनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेका हुन् ।
समितिको उपाध्यक्षद्वय ज्ञानेन्द्र तामाङ र शान्ति थिङ तामाङ‚ सचिवमा जगतमान तामाङ र कोषाध्यक्ष जुनु ग्लानलाई सर्वसम्मतले चयन गरेका हुन् । कोषाध्यक्षमा मनोनीतबाट चयन गर्ने छन् ।
यस्तै सदस्यहरू मानकाजी पाख्रिन‚ मायालु लामा‚ पेमा लामा‚ निशा मोक्तान‚ अमर लामा‚ दीपेन्द्र थिङ‚ विजय भोलन‚ सन्दीप तामाङ‚ करण तामाङ‚ बुद्धराम तामाङ‚ सरु लामा र सरिना तामाङ चयन गरेका हुन् ।
सभाको सम्बोधन गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले बाग्मती प्रदेशमा तामाङ पत्रकारको सञ्जाल नै बढी भएकोले यसमा बन्ने संस्था बलियो हुने बताइन् । उनले तामाङ समुदायको भाषा, संस्कृति र पहिचानको लागि सङ्घले विशेष भूमिका खेल्नुपर्ने बताइन् ।
उपसभामुख तामाङ भनिन्, ‘हालै भइरहेको जनगणनामा बाहिरीभन्दा भित्री कुरामा बढी संवेदनशील नभएको देखियो। जनगणनामा सबैको वास्तविक आउनुपर्नेमा नआएकोमा चिन्ता छ ।’
‘अहिले हाम्रो समुदायमा खोजमूलक पत्रकारिता गर्ने पत्रकारको आवश्यकता छ‘‚ उनले भनिन्‚ ‘समग्र नेपालको विकास दिन सक्ने सन्देश यस संस्थाले दिनेछ ।’
कार्यक्रमका संयोजक डोल्मा मनाङ्थेनले यस वर्षबाट बागमती प्रदेशले नयाँ कार्यसमिति पाउँदै बागमतीमा पत्रकारहरूको मुद्दा उठाउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




