भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो। भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको अहिले निकै चर्चा भएको छ। ‘हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ’, सुझावमा उल्लेख गरिएको छ।