काठमाडौं – नेपाली फिल्म ‘डाँडाको बरपिपल’ को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ।

सुगम पोखरेल र जीना रसाइलीको स्वरमा रहेको गीत बिहीबार बूढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा सलोन बस्नेत र रुबिना थापाको नृत्य तथा अभिनय छ। नवराज गिरीको शब्द रहेको गीतमा अलिश कार्कीले संगीत भरेका हुन् भने एरेन्ज शैलेन्द्र एम प्रधानले गरेका छन्।

यसअघि ‘डाँडाको बरपिपल’को ‘देउराली बनेछ ढुंगाको’ र ‘रुन्छ नि मेरो मन’ सार्वजनिक भइसकेका छन्।

नवराज गिरीको निर्माण तथा सोभित बस्नेतको निर्देशनमा बनेको फिल्म फूलपाती अर्थात असोज २६ देखि प्रदर्शनमा आउँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू